तामाङलाई आर्थिक सहयोग हस्तान्तरण,,,

0
58

 

देवघाटतनहुँ:
चट्याङ लागेर गम्भिर घाईते भएका देवघाट गाउँपालिका–५ का २१ वर्षिय किसान तामाङलाई आर्थिक सहयोग गरिएको छ । देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष शुकु गुरुङ र देवघाट गाउँपालिकाका प्रेस सल्लाहकार आशिक रानाको पहलमा देवघाटमा आर्थिक संकलन गरि मंगलबार तामाङको वुवा जयबहादुर तामाङलाई १० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
सो अवसरमा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष यालबहादुर गुरुङ, नेकपा देवघाटका अध्यक्ष भुवनसिंह गुरुङले तामाङलाई रकम हस्तान्तरण गरेका थिए ।

यहीँ भदौ २३ गते राति ११ बजे चट्याङ परेर तामाङ गम्भिर घाईते भएका थिए । चट्याङ परेर बेहोस भएका तामाङको अनुहार र शरिर भरी चोटैचोट छ । चार दिनसम्म भरतपुरको चितवन मेडिकल कलेज (सिएमसी) मा राखेर उपचार गरे पनि आर्थिक अभावकै कारण थप उपचार गर्न नसकेपछि उनलाई परिवारले अस्पतालबाट डिस्चार्ज गरेर घर ल्याएर राखेका छन् ।
उपचार गर्ने पैसा सकिएको र यो बेला सापटी पनि कसैले नदिने हुदाँ थप उपचार गर्न आर्थिक अभाव भएकैले अस्पतालबाट डिस्चार्ज गरेर ल्याएको आमा सुनिता तामाङले बताईन् । गम्भिर घाईते उनको थप उपचार हुन नसक्दा घरकै पिढिको खाटमा पिडा लिएर सुत्न बाध्य भएका छन् ।
उपचारमा आर्थिक अभाव भएको कारण सहयोग गर्न आमा सुनिता तामाङले बताईन् । पिडित तामाङलाई सहयोग गर्न चाहनेहरुले उनको आमा सुनिता तामाङलाई ९८२५२६७९५२ नम्बरमा सम्पर्क गरी सहयोग गर्न सक्ने परिवारले जनाएको छ ।