लोथरका स्थानिय ब्यबसायीमा कोरोना पुष्टि, ७ दिनका लागि सिल

0
402

२९ भाद्र, २०७७ हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ लोथर बजार ७ दिनका लागि सिल गरिएको छ ।

लोथरका केही स्थानिय व्यवसायीमा कोरोना पुष्टी भएपछि मनहरी गाउँपालिका कार्यालयले लोथर बजार ७ दिनका लागि सिल गरेको हो । वडा नम्बर ६ स्तरीय विपद व्यवस्थापन समितिको शनिबार बसेको बैठकले आइतबारदेखि असोज ३ गतेसम्मका लागि लोथर बजार र आसपासको क्षेत्र सिल गर्ने निर्णय गरेको जनाईएको छ । सिल गरेको क्षेत्रमा कोही पनि घरबाहिर ननिस्कन, भिडभाड नगर्न, होटल लगायत कुनै पनि व्यवसाय संचालन नगर्न, छिमेकीकोमा जाने वा छिमेकीलाई आफ्नो घरमा बोलाउने जस्ता गतिविधि नगर्न भनिएको छ ।
संक्रमितको सम्पर्कमा आएका वा कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएमा जनप्रतिनिधि वा मनहरी गाउँपालिका स्वास्थ्य शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।