चट्याङ लागि गम्भिर घाईते भएका देवघाटका किसान तामाङको आर्थिक अभावले उपचार हुन सकेन, सहयोगको अपिल,,,

0
396

देवघाट तनहुँ
चट्याङ लागेर गम्भिर घाईते भएका तनहुँको देवघाट गाउँपालिका ५ का २१ वर्षिय किसान तामाङको आर्थिक अभावकै कारण उपचार हुन सकेको छैन। अत्यन्तै निम्न आर्थिक अवस्था भएको तामाङ यहि भदौ २३ गते राति ११ बजे चट्याङ परेर गम्भिर घाईते हुन पुगेको थियो।
चट्याङ परेर बेहोश भएका तामाङको अनुहार र शरिर भरी चोटैचोट छ। चार दिनसम्म भरतपुरको चितवन मेडिकल कलेज (सिएमसी) मा राखेर उपचार गरे पनि आर्थिक अभावकै कारण थप उपचार गर्न नसकेपछि उनलाई परिवारले अस्पतालबाट डिस्चार्ज गरेर घर ल्याएका छन्।
उपचार गर्ने पैसा सकिएको र यो बेला सापटी पनि कसैले नदिने हुदाँ थप उपचार गर्न आर्थिक अभाव भएकैले अस्पतालबाट डिस्चार्ज गरेर ल्याएको आमा सुनिता तामाङले बताए। गम्भिर घाईते उनको थप उपचार हुन नसक्दा घरकै पिढिको खाटमा पिडा लिएर सुत्न बाध्य भएको छ।
कोहि मनकारी महानुभावले आर्थिक सहयोग गरिदिए थप उपचार गर्न सकिन्थ्यो कि भन्ने आशा लागेको पिडितका आमा सुनिता तामाङले बताए। साथै सहयोग गरिदिनहुन सहयोगी मनकारी महानुभावलाई उनले आग्रह पनि गरेकी छिन्।
पिडित तामाङलाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले उनको आमा सुनिता तामाङलाई ९८२५२६७९५२ र देवघाट गाउँपालिका प्रेस सल्लाहकार आशिक रानालाई ९८४५१९५५४८ नम्बरमा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ।