गजल-गौरी तामाङ (ज्यबवति) धादिङ, नेपाल

0
288

याे समय पनि यसरी जटिल हुँदै अायाे
खुशीमाथी दुखहरु गतिशील हुँदै अायाे

म पखेटा नभएको पंक्षी हुँ उड्न सक्दिनँ,
तिमी भने उचाइको बाटो चील हुदै अायाे

मैले सानाे छँदा देखेको हरेक सपनाहरु,
नाजुक हुँदै अायाे र शिथिल हुँदै अायाे

मेहनतको फल मिठाे हुन्छन् यसकारण पनि
हेर्नुस् त गरिबको छाेरा वकिल हुँदै अायाे

हिजाे मुटुमा राखेकाहरु टाढिएपछि हाे,
पराई भन्ने उ मेरै अाँगन दिल हुँदै अायाे