राक्सिराङमा फेरि ६ जनामा कोरोना देखियो

0
64

२५ भाद्र २०७७, मकवानपुर । राक्सिराङको ६ जनामा कोरोना पुष्टि भएसंगै मकवानपुर जिल्लामा आज थप ५१ जनामा कोरोना भाईरस पुष्टि भएको छ । संक्रमित मध्येमा १७ जना महिला र ३४ जना पुरुष रहेका छन् । आयुर्वेद्ध तथा जनसंख्या प्रर्वद्धन शाखा हेटौँडाले दिएको जानकारी अनु्सार आज आएको रिर्पोटमा ५१ जनामा संक्रमण देखिएको हो ।

आज कोरोना भाईरस संक्रमण पुष्टि हुनेहरुमा राक्सीराङ गाउँपालिकाका ६ जना, बकैयाँ गाउँपालिकाका १ जना, मकवानपुर गढी गाउँपालिकाका एक जना, सिंधुली घर भएका हेटौंडामा कार्यरत १ जना, हेटौंडा औद्योगिक क्षेत्रका मजदुर तथा यही वडाका संक्रमित गरेर १० जना र अरु सवै हेटौंडा उपमहानगरपालिका क्षेत्रका संक्रमित रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।