देवघाट २ नरममा जीप पल्टँदा दुईजना गम्भीर घाइते,,

0
34

 

देवघाट तनहुँ:
देवघाट गाउँपालिका वडा नम्बर २ नरममा जीप पल्टँदा दुईजना गम्भीर घाइते भएका छन। दमौली बाट कुखुरा बोकेर गएको ना ५ च १४९ नम्बरको जीप नरम गाउँको कच्ची सडकबाट करिब दुई सय फिट तल खस्दा चालक राजु कुमाल र सह चालक अमित कुमाल गम्भीर घाइते भएको देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज उज्वलराज चिलुवालले जानकारी दिनु भएको थियो।

सो जिप दुर्घटना घटना करिब दिउँसो २ बजे तिर घटेको र घटना स्थान मा तत्काललै स्थानीय वासी र छिपछिपे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीको टिमले दुर्घटना स्थलबाट उद्दार गरि छिपछिपे स्वास्थ्य चौकीमा पुराई उपचार भइ रहेको छिपछिपे स्वास्थ्य चौकीका इन्चार्ज बालकृष्ण पराजुलीले बताउनु भएको थियो।

जिप दुर्घटना हुनुको मुख्य कारण भनेकै अबिर बर्षाले गर्दा कच्ची बाटो चिप्लो एव खाल्डाखुल्डीले गर्दा भएको स्थानीय बासीले बताउनु भएको थियो।

तस्वीर:राम बंशी ठाकुरी