खैरहनी चितवनका थप १२ जनामा कोरोना पुष्टि

0
152

चितवन , १३ भदौं २०७७
चितवनको विभिन्न स्थानमा कोरोना बढिरहेको बेला खैरहनी नगरपालिकाको विभिन्न वडामा पनि थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल प्रयोगशालामा परिक्षणको लागि पठाइएकाहरुमध्य १२ जनामा कोभिड १९ पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेहरुमा ९ जना पुरुष र ३ जना महिला रहेका छन् । खैरहनी निवासी बर्ष ६५,६३,२९,३६,५७,२७,३२ र ४८ का पुरुष तथा २६,५९ र ४६ बर्षकी महिलामा कोरोना पुष्टि भएको हो ।

स्रोत : समाबेशी खबर