नेपाल आईडल सिजन ३ को उपाधी सज्जा चौलागाईंको पोल्टामा

0
101

१२ भाद्र २०७७
काठमाडौं – नेपाल आइडल सिजन ३ तथा नेपालकै पहिलो महिला आइडल सज्जा चौलागाईंले उपाधी उचालेकी छन।
एपि वान टेलिभिजनमा नेपाल आईडल प्रत्यक्ष प्रसारण हुँदै गर्दा नेपाल आईडलका एक जना प्राबिधिक लाई कोरोना पोजिटिभ देखिए सँगै जज, प्रतिस्पर्धीहरु फाईनलमा उपस्थित सबैजना आईसोलेसनमा भर्ना भए। अचानक यस्तोखालको घटना जानकारी पाएलगत्तै नेपाल आइडल सिजन – ३ को रिजल्ट अन्नपूर्ण मिडियाका अध्यक्षले घोषणा गरेका हुन। उहाँको निर्णायक रिजल्ट अनुसार नेपाल आइडल सिजन -३ को बिजेता सज्जा चौलागाईं घोषित भएकी हुन। यस्तैगरी फस्ट रनरअप प्रबिन बेडवाल भए भने सेकेन्ड रनरअपमा किरण कुमार भुजेल घोषित भएका हुन् ।