चितवन जिल्ला थप एक साता निषेधाज्ञा

0
137

५ भदौ चितवन  जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा थप एक साताका लागि निषेधाज्ञा लम्याईएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको विपद व्यवस्थापन समितिको वैठकले यस अघि माडी नगरपालिका वाहेक ६ वटा स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएकोमा आज राती १२ वजेबाट पुरै जिल्ला एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो । जिल्लामा कोरोना संक्रमण वढ्दै जाँदा साउन ३० गते मध्यरात देखि भरतपुर महानगरपालिका र साउन ३२ गते देखि जिल्लाका अन्य पाँच स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको थियो । स्थानीय तहको सिफारीसमा गरिएको निषेधाज्ञा आज मध्यराती सकिदै छ । निषेधाज्ञाको समय सकिन लाग्दा एक साताका लागि निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताउनुभयो । उहाँका अनुसार निषेधाज्ञा भदौ १२ गते मध्यरात सम्म लागु हुने छ । भरतपुर महानगर संगै रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । जिल्लामा अहिले कोरोना संक्रमित ३ सय ३ पुगेका छन् । जसमा महानगर १ सय ६८, राप्ती नगरपालिका ६५, खैरहनी नगरपालिका १२, कालिका नगरपालिका ५, रत्ननगर नगरपालिका ११ माडी नगरपालिका ४१ र ईच्छाकामना गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ । जस मध्ये तीन जनाको मृत्यु भई सकेको छ ।