मकवानपुरको कैलाश गाउँपालिकामा पहिलोपटक कोरोना पुष्टि

0
271

शुक्रवार, ३० साउन २०७७

मनहरि । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलोपटक एक महिलामा कोरोना पुष्टि भएको छ । बिरामी भएर भरतपुर अस्पतालमा पुगेकी २२ बर्षिय महिलामा कोरोना पोजिटिभ आएको गाउपालिकाका अध्यक्ष टंक मुक्तानले जानकारी दिए । उनी कैलाश ४ का बासिन्दा हुन । ट्राभल हिस्ट्री नै नभएका उनी केहि दिनअघि सामन्य उपचारका लागी राक्सिराङको चैनपुर, मनहरि र हेटौडाका अस्पतालहरुमा पुगेकी थिइन । उनलाई कहाबाट संक्रमण भयो भन्नेबारे अन्यौल नै रहेको मुक्तानले बताए ।

केहि समय अघि सो गाउका केहि युवा भारतबाट फर्किएका थिए । उनीहरुलाई क्वारेन्टाइनमा राखेर पिसिआर टेस्ट गर्दा नेगेटीभ आएपछि घर पठाइएको थियो । स्रोत : बुलबुल खबर