तुइनबाट लडेर वृद्धको मृत्यु

0
118

श्रावण ७, २०७७

मकवानपुर । मकवानपुरको हेटौंडामा तुइनबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ ।

साँझ हेटौंडा उपमहानगरपालिका एकमा १ मा पर्ने राप्ती खोलामाथिको तुइन चढ्ने क्रममा ७७ वर्षिय वृद्द कृष्णप्रसाद पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनि तुुईन चढ्ने क्रममा लडेर घाइते भएपछि हेटौंडा अस्पताल ल्याइएको थियो । उनको त्यहाँ उपचार हुन नसकेपछि उनलाई भरतपुर रिफर गरिएको थियो ।

भरतपुर लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

हेटौंडाबाट १ बाट लालझाडी तर्फ जानको लागि झोलुङ्गे पुल भएपनि त्यहाँका केही स्थानीयलाई अपायक पर्ने भएकाले त्यहाँका स्थानीय तुइन चढेर ओहोरदोहोर गर्दै आइरहेका छन् ।