राक्सिराङमा अबदेखि उपचारको अभावमा कसैले ज्यान गुमाउन नपर्ने – अध्यक्ष मल्ल

0
231

बुधवार, असार २४, २०७७

मकवानपुर । राक्सिराङ गाउँपालिकाको वडा नंं ३ पलाँसेमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरिएको छ । बुधबार एक समारोहका विच राक्सिराङ गाउपालिकाका अध्यक्ष राजकुमार मल्लले स्वास्थ्य केन्द्रको उदघाटन गरे ।

मल्लले भौगोलिक दृष्टिकोणले बिकट राक्सिराङमा सामन्य उपचारको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने बताए । विगतमा झाक्रीमा विश्वास गर्ने र अकालमा मृत्यु हुनेको संख्या धेरै हुने गरेको  स्मरण गर्दै उनले हरेक वडामा स्वास्थ्य संस्था स्थापना भएको र गुणस्तरीय सेवामा जोड दिइएको बताए । यसवर्ष गाउपालिकाको १,३ र ८ नम्बर वडामा नयाँ स्वास्थ्य केन्द्र स्थापना गरिएपछि गाउपालिकाको सबै वडामा स्वास्थ्य संस्था को पहुँच पुगेको उनको भनाइ छ । यसबर्ष गाउपालिकाले स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरेकाे र निकट भविष्यमा गाउपालिकामा १५ शैयाको अस्पताल निर्माणको योजना रहेको उनले बताए ।

वडा नं ३ का अध्यक्ष बाबुलाल स्याङतानले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने दिन अब नआउने बताए । स्वास्थ्य संस्थाको पहुच गाउँगाउँमा पुगेको बताउदै उनले स्थानीयमा अस्पताल माथीको विश्वास बढ्दै गएको बताए । वडा कार्यालय ले स्वास्थ्य संस्थाको भवन लगायतका पुर्वाधार निर्माणमा विशेष पहल गरिरहेको उनको भनाई छ ।

कार्यक्रममा नेकपा राक्सिराङका इन्चार्ज बनस्तम थिङले बिरामीमैत्री सडक बन्नुपर्ने बताए । उनले हाल रहेका स्वास्थ्य संस्था पुग्न समेत बिरामीलाई घन्टौ लाग्ने समस्या भएकाले अस्पतालसँगै व्यवस्थित बाटो निर्माणमा समेत जोड दिन आग्रह गरे ।  नेपाली कांग्रेस राक्सिराङका सभापति बिरेन्द्र जिम्बा, राक्सिराङ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख बिजय कापरिलगायतले स्थानीयस्तरमा स्वास्थ्य संस्थाको सुबिधा लिन जनता अग्रसर बन्नुपर्ने बताए  । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सानुकान्छी स्याङतान, राक्सिराङ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, बिभिन्न वडा अध्यक्ष, जनप्रतिनिधि, स्वास्थ्यकर्मी हरुको उपस्थिति रहेको थियो । कार्यक्रम मा राक्सिराङ १,२ र ३ का ९ जना महिला स्वास्थ्य स्वयं सेविका हरुका लागि ब्याग र छाता बितरण गरिएको थियो । त्यस्तै वडा अध्यक्ष बाबुलाल स्याङतानले व्यक्तिगत रुपमै स्थानीय विपन्न एकल महिला धुन्ची प्रजाको स्वास्थ्य बिमा गरिदिएको कार्ड हस्तान्तरण गरेका थिए ।

राक्सिराङ ३ का वडा सचिव चन्द्र लाल लामाले सन्चालन गरेको कार्यक्रम वडा अध्यक्ष बाबुलाल लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । गाउपालिकाले स्वास्थ्य क्षेत्र व्यवस्थापन का लागी १ करोड ५८ लाख बजेट विनियोजन गरेको छ । त्यस्तै महिला स्वास्थ्य स्वयम् सेविका, सुत्केरि प्रोत्साहनका‌लागी थप बजेटसमेत विनियोजन गरेको छ ।

स्रोत: बुलबुल खबर