मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने

0
104

चितवन ,असार २२-

मास्क नलगाई घरबाहिर निस्कनेलाई चितवन प्रहरीले पक्राउ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न सूचना जारी गरेको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकिय अधिकृत इश्वर सिंखडाले बताए ।

कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको प्रशासनले जनाएको छ । जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने प्रशासनको सूचनामा उल्लेख गरिएको छ ।
स्रोत : नारायणी अनलाईन