दुर्घटनामा परी खुट्टा गुमाएका जितन चेपाङलाई २५ हजार आर्थिक सह्योग

0
319

१८ असार २०७७
मकवानपुर:  बागमती प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङको विशेष पहलमा काँग्रेस राक्सिराङ गाउंपालिकाका उपाध्यक्ष जितन चेपाङको उपचारका लागी नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको तर्फबाट रु २५ हजार आर्थिक सहयोग गरिएको छ।

उपचारको क्रममा रहेका जितन प्रजाको उपचार खर्च अभावका कारणले केहि रकम ऋण र केहि ठाउँबाट आर्थीक सहयोगले उपचार गराईरहेको र अहिले आर्थीक अभाव भएकाले कुनै विकल्प नभएर सहयोगको अपेक्षा रहेको जितन प्रजाले बताएपछि सहयोगका लागि पहल गर्ने प्रदेशसभा सदस्य प्रजाले वचन दिनुभएको थियो।

नेपाली कांग्रेस राक्सिराङ गाउँपालिकाका उपसभापति जितन चेपाङको मोटर साइकल दुर्घटनामा परी बायाँ खुट्टा काटिएको थियो । उक्त समस्याको कारणले उनको कृत्रिम खुट्टा हाल्नु पर्ने अवस्था रहेको हुँदा आफुले सक्दो पहल गरेर आर्थिक सहयोग हस्तान्तरण गरिएको प्रदेशसभा सदस्य प्रजाले जानकारी दिनुभएको छ।