राक्सिराङको सडकमा बजेट नछुट्याएकोमा प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाको कडा आपत्ति

0
277

हेटौंडा असार १८ गते ।

मकवानपुर- बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले राक्सिराङको सडकमा बजेट नदिएर प्रदेश सरकारले तिरस्कार गरेको भन्दै आक्रोश व्यक्त गरेको छ । उनले राक्सिराङको सिमान्तकृत चेपाङ साथै  तामाङ जनताको पिडालाई बेवास्ता गरेको भन्दै यसबारे जनताले जवाफ मागिरहेको बताए ।

विनियोजन विधेयक माथिको छलफलमा बोल्दै प्रदेशसभा सदस्य प्रजाले राक्सिराङको परेवाभिरकाे समस्यालाई थाहा पाएर पनि थाहै नभएको जस्तो गरेर प्रदेश सरकारले बजेट विनियोजन नगरेकोप्रती कडा आपत्ति जनाएको हो । साथै भन्डाराबाट मलेखु जोड्ने चेपाङ मार्गको स्तरोन्नति कसले गर्ने हो भन्दै सरकारलाई ध्यानाकर्षण पनि गराए ।

भन्डाराबाट काँकडा जोड्ने सडकलाई पनि बजेट विनियोजन नभएको कुरा अवगत गराउदै सरकार कि हरेक क्षेत्रको समस्यालाई तिरस्कार गरिरहेको छ भन्दै प्रश्न गरे । साथै सरकारले लालुपुर्जा वितरण गर्ने भनेर भनेकोमा के कतिलाई लालपुर्जा उपलब्ध गर्ने कार्य भयो भनेर समेत उनले प्रश्न गरे ।