दुईदिने तामाङ साँस्कृतिक पुर्नजागरण कार्यक्रम सम्पन्न

0
158

 

असार १६ मंगलबार ,भण्डारा

नेपाल तामाङ घेदुङ बागमती प्रदेश कार्यसमितिको अायोजनामा दुइदिने साँस्कृतिक पुर्नजागरण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार चितवन भण्डारामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल तामाङ संघीय बुद्धिजीवी बिभाग प्रमुख तथा राप्ती नगरपालिका चितवनका उप मेयर इमान सिंह लामा रहेका थिए भने बिशेष अतिथिहरुमा संघीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज गोमन सिंह लामा,संघीय महिला बिभाग उपा अध्यक्ष अाइती माया तामाङ ,संघीय सदस्य निशा तामाङ र अतिथिहरुमा नेपाल तामाङ चितवन जिल्ला महिला उपाध्यक्ष निलिमा तामाङ,धर्म गुरु पेमा लामा,जनजाती महासँघ राप्ती नगरपालिकाका संयोजक शीतराम बल अादिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

“हाम्रो भाषा, धर्म, संस्कार र कला, संस्कृति नै हाम्रो पहिचान,हो र सांस्कृतिक पुर्नजागरण गरी सभ्य र समृद्ध समाज निर्माण गर्नु अाजको अावस्यकता रहेको वक्ताहरुको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङ बुद्धिजीवी विभाग प्रमुख लामाले घेदुङले तामाङहरुको संस्कृति भित्र रहेका जन्मदेखि मृत्युसम्मको संस्कारसंस्कृति, भाषा, धर्मको संरक्षण गर्ने कार्यमा जोड दिदै अाएको बताउनुभयो । जातिय रुपमा मात्र नभएर तामाङ समुदाय राजनीतिकको आधारमा पनि अगाडि बढ्नुपर्ने उहाँको तर्क थियो ।

नेपाल तामाङ घेदुङ बागमती प्रदेश कार्यसमिति उपाध्यक्ष गोपी राज तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य दील कुमारी तामाङले गर्नुभएको थियो ।