रौतहटमा लाखौको संख्यामा सलह किराको प्रबेश, किसानहरु चिन्तित

0
175

रौतहट  , १३ असार । रौतहटमा लाखौको संख्यामा सलह किरा प्रबेश गरेको छ  । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको उत्तरी सिमा मकवानपुरको बकैया—१ महादेव डाडा हुदै चन्द्रपुर—३ अन्र्तगत भोलुम्टार , इपिल , अरुणबन्ति लमाह हुदै गुजरा—२ कटानी बजारमा समेत शनिबार बिहानै आकाशमा साो किराका समुह रौतहटमा प्रबेश गरेको हो । आज शनिबार बिहानै बकैया—१ को महादेवमा लाखौको संख्यामा अकाशमा उत्तरी क्षेत्रबाट प्रबेश गरेको र हजारौको संख्यामा सो किरा मकै बालीमा बसेकोले मकै सखाप पार्न सक्ने भन्दै स्थानिय आशिष तामाङले चिन्ता ब्यक्त गर्नु भएको छ । पहिला त अकाशमा हुलमा बाक्लै उडेको देखेको तर हजारौको संख्यामा मकैमा बसेपछि हेर्दा सलह किरा देखेपछि आफुहरुले लगाएको मकैमा सखाप पार्ने त्रास बढेको महादेवका कान्छी माया तामाङले बताइन । सलह किरा आजै बिहान बाराको निजगढ–७ मा पनि बाक्लो देखिएको स्थानिय राजेश रुम्वाले बताए । त्यसै गरि रौतहटको गुजरा—२ कटानी बजार क्षेत्रमा पनि सलह किरा देखिएको गुजराका स्थानिय राजु बल तामाङले बताउनु भयो ।

सलह किरा के हो ?
सलह फट्याङ्ग्राको एक प्रजाती हो । यो एक किसिमको फौजी किरा हो । यस किराले बालीनालीमा आक्रमण गरेर सखाप बनाउछ र भोकमरी र मानव स्थानान्तरण जस्ता परिस्थितिको सिर्जना गरेको छ । वयस्क सलह लामो दुरी उड्न सक्छन र यसको समुहले बसेको ठाउँमा भेटे जति सबै हरिया बोटबिरुवालाई सखाप बनाउछ । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह (लोकस्ट) प्लेग दिएको छ । किरा समूहमा पर्ने यो जीवले कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पु¥याउँछ । सलह किरा करोडौंको संख्यामा हुन्छन । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ ।

प्राचीन समयमा ईजिप्टियनहरुले आफ्ना पुस्तकहरुमा यस किरा सम्बन्धि कुराहरु उल्लेख गरेका छन । मुख्यत कृषि पद्धतिमा र बालीनालीको राम्रो निगरानी हुन नसक्दा यी किराहरु उत्पन्न भए कि भन्ने कुराहरु भेटिन्छन । पहिले पहिले माटो तथा हावाको माध्यमबाट बिषादी प्रयोग गरेर किराहरु मार्ने गरेको पाइन्थ्यो र २० औँ शताब्दी तिर सलह किराको झुण्ड रुप घट्दै गएको समेत थियो ।
सलह किरा अफ्रिकामा सन् २००३ मा प्रकोपको रुपमा उत्पत्ती भएको मानिन्छ । यो निकै नै पुरानो प्रवासी ९ःष्नचबतयचथ० शत्रु जीव हो । अन्टार्कटिका बाहेक सबै जसो महादेशमा यो बिपत्ती फैलिएको पाइएको छ । सलह किराहरु धेरै प्रजातीहरुका छन । ती मध्ये अस्ट्रेलियामा फैलिएको सलहलाई ब्गकतचबष्बिल एबिनगभ ीयअगकत भनेर चिनिन्छ भने अमेरिकामा फैलिएको किरालाई ब्mभचष्अबल ीयअगकत भनिन्छ, तर यो सलहले झुण्ड प्रकारको व्यवहार भने देखाउदैन् । सबैभन्दा हानिकारक सलह भनेर मरुभुमिको सलह ९क्अजष्कतयअभचब नचभनबचष्ब ० लाई चिनिन्छ । जुन अहिले पनि धेरै ठाउँहरुमा फैलिएर बिनाश फैलाइरहेको छ । अहिले पाकिस्तान हुदै भारत सम्म आइपुगेको सलह किरा २०१८ सालमा साउदि अरब नजिकैको अरेबियन प्रायद्विप पेनिनसुला९ब्चबदष्बल उभलष्लकगबि०मा दुई ठूला आँधी साइक्लोनले भारि बर्षा गराए पछि प्रजनन गराएको पाइन्छ , जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन गरेर यिनीहरुले आफ्नो सङख्या ८०० गुणाले बढाएका थिए। नजिकैको यमन र ओमानले त्यतिबेला खाद्य सङ्कटमा जुधिरहेकाले उनिहरुले यस किरालाइ प्रोटिनको रुपमा प्रयोग गरे र यो किरा लाल सागर र गल्फ अफ इडेनलाइ पार गरि अफ्रिका पुगेको मानिन्छ । २०१९ मा अफ्रिकाको सोमालियामा साईकलोनाका कारण भारि बर्षा भएको थियो जसका कारण त्यहाको माटो ओसिलो र वातावरण हरियाली भयो जसले गर्दा यो किराको प्रजनन क्षमता र दर बढायो र यो केन्या सम्म सन् २०२० को पहिलो महिनामा पुग्यो जहाँको बर्षा र चिसो माटोले यसको जनसङख्या बढाउन अझै मद्दत गरेको पाइन्छ । २०२० को फ्रेबरुअरीमा सलह प्रकोपको कारणको पाकिस्तानमा राष्ट्रव्यापी सङ्कटकालको घोषणा गरियो । २०२० को मे महिनामा नै भारतको मध्य प्रदेश, राजस्थान, गुजरात लगायत राज्यहरूमा सलहले ५०,००० हेक्टरमा लगाएको बालीनाली सोत्तर बनाएको थियो ।

नियन्त्रणको उपाय
सलह किराको प्रकोपलाई कम गर्नको लागि विभिन्न पहल हरु भईरहेका छन । तिमध्ये केही उपायहरु यसप्रकार छन । विभिन्न उपकरणहरुको माध्यमबाट थोरै मात्रामा ९ ग्ीख् ायचm ० अर्गानोफोस्फेट रसायनहरुको प्रयोग गर्न सकिन्छ ।
१. कम दुरि उड्न सक्ने उपकरणबाट वायुमण्डलिय डिस्टर्ब सिर्जना गर्न सकिन्छ ।
२. किराले प्रजनन् गर्ने सक्ने ठाउँलाई कुनै रसायन या घरेलु विधिबाट नष्ट गर्न सकिन्छ ।
३. टायर बाल्ने, जालको प्रयोगबाट छोप्ने, खाडल बनाएर हाल्ने जस्ता क्रियाकलापबाट पनि केही हदसम्म     यस किराको प्रकोपलाई कम गर्न सकिन्छ ।
४. अलि बढी फैलिएको ठाउँमा भने जैविक किट्नाशक औषधि प्रयोग गर्न सकिन्छ ।
५. भारतले यो बेला मालाथिएनको प्रयोग गरेको पाइएको छ भने, पाकिस्तानमा डाइजिनन र फिप्रोनिल भन्ने बिषादिको प्रयोग सब भन्दा सफल देखिन्छ ।