राक्सिराङमा एन. सि. एफ र एन. सि. एस नेपालको सहयोगमा सुन्दर नेपालद्वारा राहत बितरण

0
259

१३ असार २०७७
मकवानपुर : मकवानपुरको राक्सिराङ गाउंपालिकामा सुन्दर नेपाल सरसफाई अभियानले त्यहाँका बिपन्न ७८० घरपरिवारलाई राहत बितरण गरेको छ।
एन. सि. एफ नेपाल र एन. सि. एस नेपाल काठमाडौंको बिपद ब्यबस्थापन टोलिको सहयोग तथा सुन्दर नेपाल सरसफाई अभियानको बिशेष पहलमा मकवानपुरको बिकट ठाउँ राक्सिराङका बिपन्न घरपरिवारहरुलाई राहत बितरण गरेको हो।

विश्वमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड – १९ का कारण सरकारद्वारा गरिएको लकडाउन साथै सोको प्रभावका कारण दैनिक ज्याला मजदुरी गरि खाना र परिवार पाल्न गाह्रो परिरहेको अबस्थामा एन. सि. एफ नेपालका केन्द्रिय सचीव एवं सुन्दर नेपाल सरसफाई अभियानका संयोजक वीर बहादुर तामाङको बिशेष पहलमा राक्सिराङ गाउंपालिका १,२,३,४,५ र ८ नम्बर वडाका बिपन्न ७८० घरपरिवारलाई २६० बोरा खाद्यन्न साथै ७८० पोका नुन वितरण गरेको हो।

कार्यक्रममा राक्सिराङ गाउंपालिकाका अध्यक्ष राजकुमार मल्ल उपस्थित हुनुहुन्थ्यो उहांले यस्तो विषम परिस्थितिमा गाउंपालिका भित्रका बिपन्न घरपरिवारलाई भोको नराख्न विभिन्न सह्योगी दाताहरुसंग हातेमालो गरिरहेको र त्यसको लागि कुनै कसर बाकी नराखेको समेत बताउनुभयो। उहांले राक्सिराङका बिपन्न घरपरिवारलाई सहयोग गरेकोमा सह्योगी हातहरुलाई बिशेष धन्यवाद समेत दिनुभयो। यस्तै अर्का राक्सिराङ गाउंपालिकाकै उपाध्यक्ष निर्मला हिम्डुङले देशभित्रका संघसंस्थाहरुले विभिन्न शिर्षकमा निरन्तर राहत सह्योग गरिरहेको र जसको कारण आफ्नो गाउंपालिकाको बिकासमा समेत टेवा पुर्याईरहेकोले सह्योगी हातप्रती खुशीसहित धन्यवाद दिनुभयो।

यस्तै गरि एन. सि. एफ नेपालकै केन्द्रिय सचीव एवं सुन्दर नेपाल सरसफाई अभियानका रास्ट्रीय संयोजक वीर बहादुर तामाङले यस्तो संक्रमणकालीन अबस्थामा कोरोना भाईरसबाट वच्न सरसफाई नै अति महत्वपूर्ण रहेको र दुरि कायम गरि अघि बढेमा सुरक्षित रहने समेत उपस्थित सबैलाई जानकारी दिनुभयो।

यस्तै गरि जनजागरण पार्टी नेपालका अध्यक्ष एवं    समाजसेवी डा. बिपि खनालले आफुले नेपालमा भुकम्प लागेदेखि नै धेरै पटक राहत सहयोग जुटाउंदै आएको र अहिले बिशेषगरि देशभित्र कोरोना भाईरस निरन्तर बढिरहेको अबस्थामा बिकट राक्सिराङमा ज्याला मजदुरी गरेर खान साह्रै गाह्रो परेको र परिवार धान्न असहज भएको भन्ने थाहा पाउनासाथ बिपद ब्यबस्थापन समितिको निर्णय बमोजिम सहयोग जुटाउन आफैं पनि उपस्थित भएको बताउनुभयो।

सुन्दर नेपाल सरसफाई अभियानका रास्ट्रीय संयोजक वीर बहादुर तामाङ्को संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा एन. सि. एफ नेपाल बागमती प्रदेशका उपाध्यक्ष बच्ची माया नेंगी, काठमाडौं प्रे. टावरका वरिष्ठ पा. नारायण भगत, एन. सि. एफ नेपाल बागमती प्रदेशका संयोजक पा. तारा सिं गुरुङ, राक्सिराङ ५ का वडा अध्यक्ष चन्द्रसिं प्रजा, एन. सि. एस. नेपालका केेेन्द्रिय सदस्य पा. सुनिल महर्जन, समाजसेवी जयकान्त प्रजा साथै राक्सिराङ गाउँपालिका भित्रका पास्टरहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो।