नगर सभा चलि रहँदा वडा अध्यक्ष हित बहादुर तामाङको निधन

0
405

असार १०चितवन २०७७।
चितवन राप्ती नगरपालिका वडा नं. ११ का अध्यक्ष हितबहादुर तामागंको निधन भएको छ । मकवानपुरको भिमफेदीमा उपचारको क्रममा बुधबार दिउँसो उनको निधन भएको राप्ती ११ का जनप्रतिनिधि तथा नगर कार्यापालिका सदस्य दिलकुमारी थिगंले बताइन । उनी लामो समयदेखी कलेजो तथा जन्डिस रोगको उपचार गराइरहेका थिए । लामो समय चितवन मेडिकल कलेजमा उपचार गराएका उनलाई केहि दिनअुघ आयुर्वेदिक उपचारका लागि मकवानपुरको भिमफेदी लगिएको थियो । बुधबार नै राप्ती नगरपालिकाको सातौ नगर सभामा उनको स्वास्थ्यलाभको कामना समेत गरिएको थियो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।