मनहरीको बिपन्न घरपरिवारलाई एन.सि.एफ र एन.सि.एस नेपालद्वारा संयुक्त खाद्यान्न बितरण

0
204

५ असार २०७७

मकवानपुर : मकवानपुरको मनहरीमा बागमती बिपद ब्यबस्थापन कमिटीको बिशेष टोलिले एन.सि.एफ नेपाल र एन. सि. एस नेपाल काठमाडौको संयुक्त सहयोगमा आज १९५ घरधुरीलाई खाध्यान्न सहयोग गरेको छ।

विश्वमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड – १९ का कारण सरकारद्वारा गरिएको लकडाउनले दैनिक ज्याला मजदुरी गरि खाना र परिवार पाल्न गाह्रो परिरहेको अबस्थामा  एन. सि. एफ नेपालका केन्द्रिय सचीव एवं सुन्दर नेपाल सरसफाई अभियानका संयोजक पा. वीर बहादुर तामाङको बिशेष पहलमा मनहरी गाउंपालिका ६,७,८,र ९ का बिपन्न १९५ घरपरिवारलाई ६५ बोरा खाद्यन्न वितरण गरेको हो ।

एन. सि. एफ नेपाल बागमती प्रदेशका सदस्य पा. छबिलाल मोक्तानको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा एन. सि. एफ नेपालकै केन्द्रिय सचीव एवं सुन्दर नेपाल सरसफाई अभियानका रास्ट्रीय संयोजक पा. वीर बहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो। उहाँले यस्तो संक्रमणकालीन अबस्थामा कोरोना भाईरसबाट वच्न सरसफाई नै अति महत्वपूर्ण रहेको र दुरि कायम गरि अघि बढेमा सुरक्षित रहने समेत उपस्थित सबैलाई जानकारी दिनुभयो।

कार्यक्रममा बिशेष अतिथि एवं एन. सि. एफ नेपाल बागमती प्रदेशका संयोजक पा. तारा सिं गुरुङ, बिशेष अतिथि एवं एन. सि. एफ. नेपाल बागमती प्रदेशका सचीव पा. गौरव थीङ, बिशेष अतिथि एवं चितवन ईसाई समुदायका अध्यक्ष पा. सुनिल लामा, एन. सि. एफ नेपाल बागमती प्रदेशका दिदीबहिनी सङ्गतिका संयोजक लक्ष्मी प्रजा, एन. सि. एफ नेपाल बागमती प्रदेशका सदस्य पा.शेरमान प्रजा, पश्चिम मकवानपुर पास्टर एसोसियसनका अध्यक्ष पा. महिपाल प्रजा, समाजसेवी  पा. कुमारसिं   प्रजा, पत्रकार, साथै मनहरी गाउँपालिका ख्रीस्टियन समाजका पदाधिकारीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रम अबधिभर संचालकको भुमिका भने सोही बिपद ब्यबस्थापन समितिका सचिब पा. पिटर तामाङले गर्नुभएको थियो।