मनहरी क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना पोजेटिभ देखियो

0
146

शुक्रवार, असार ५, २०७७

मकवानपुर । मनहरी गाउपालिकाको क्वारेन्टाइनमा राखिएका ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार गरिएको स्वाव परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट आएका उनीहरुको स्वाव कीटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।
कोरोना पोजेटिभ देखिएकाहरुलाई श्रमिक माद्यमिक विद्यालयको आइसोलेशनमा ल्याउने तयारी भइरहेको छ ।