राक्सिराङ धिराङका बिपन्न चेपाङ परिवारलाई सुन्दर नेपाल सरसफाई अभियानको खाद्यान्न सहयोग

0
155

४ असार २०७७,  मकवानपुर : राक्सिराङ गाउँपालिका ७ स्थित धिराङमा सुन्दर नेपाल सरसफाई अभियानको बिशेष पहलमा काठमाडौस्थित आराधना मण्डलीले खाध्यान्न सहयोग गरेको छ।

विश्वमा नै माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड – १९ का कारण गरिएको लकडाउनले दैनिक ज्याला मजदुरी गरि खाने अति विपन्न विकट  गाउँ धिराङका ६५ चेपाङ परिवारलाई खाद्यन्न सामाग्री वितरण गरिएको हो । सुन्दर नेपाल सरसफाई अभियान नेपालको संयोजन र आराधना चर्च सानेपा ललितपुरको सहयोगमा ती बासीन्दाहरुलाई एक – एक बोरा चामल २ केजी नुन र २ पोका तेल हस्तान्तरण गरिएको हो ।

राक्सिराङ गाउंपालिका ७ का वडा अध्यक्ष कुल बहादुर प्रजाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुन्दर नेपाल सरसफाई अभियानका रास्ट्रीय संयोजक एबं एन.सि.एफ नेपालका केन्द्रिय सचिव वीर बहादुर तामाङ, एन. सि. एफ नेपाल बागमती प्रदेशका संयोजक तारा सिं गुरुङ, पत्रकार, साथै अन्य समाजसेवी ब्यक्तित्व लगायतको उपस्थिति रहेको थियो ।