चितवन भरतपुरमा एक कोरोना संक्रमितको मृत्यु

0
95

चितवन । भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो ।

उनको मंगलबार बिहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम नभएको अस्पतालको भनाइ छ ।