कोरोना संक्रमित थप ३२३, संक्रमित संख्या ३२३५ जना

0
120

काठमाडौं । शनिबार थप ३२३ जना कोरोना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३२३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप ३२३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए ।
यसैगरी डिस्चार्ज हुनेको संख्या ३६५ जान पुगेका छन् । पछिल्लो तथ्यांकअनुसार ३२ जना डिस्चार्ज भएका छन् । कोरोनाका कारण शनिबार दिउँसोसम्म १३ जनाको ज्यान गइसकेको छ ।