“मैले मायामा जात हेरिन,वर्ग ,हैसियत हेरिन,किनकि मायामा यी सबै बकवास थियो”-अन्जु मगर

0
88

क्षितिज देखि
मेरो सरकार ,
जीवनकै पहिलो र अन्तिम ” लवलेटर” तिमीलाई लेख्दैछु-
अाशा र पूर्णविश्वास छ, यो लवलेटरले न्याय पाउने नै छ।=

सरकार ,मैले छाडेकाे मेरो देश नेपालकाे सम्पूर्ण भू-भाग कागजी नक्सामा मात्रै सिमित नराखी जनताले भाेगचलन गर्ने स्वतन्त्र अधिकार सहित फिर्ता ल्याउनु।
जनतालाई लुटेर माेजमस्तीमा नभुल्नु।
तिमीलाई थाहा छ-
धेरैले बास पाएका छैनन् ,कपास पाएका छैनन् ,राेजगारी पाएका छैनन् ।र यो काेराेनाकाे कहरले विचरा धेरैले गाँस पाएका छैनन् ।भाेकाे पेट लिएर जनता छट्पटी रहेको बेला ,तिमी विषालु किटाणुलाई जम्मा गर्दै महङ्गो गाडी र गलैँचामा लिप्सिएर अनि मिष्ठान्न भाेजनमा भुलेर ,जनताको भाेकाे पेटकाे उपहास किन गरिरहेछाै? कान रअाँखा सँगै स्वविवेककाे / मानवीय मनकाे अाँखा खाेल सरकार ।सधैं खिड्की,झ्याल ,ढाेका र गेटमा ताल्चा लगाएर पारी देशकाे बैरी बनेर नबस।नत्र तिमीलाई जनताले कहिल्यै माफी दिने छैनन् सरकार ।जनताको धेरै गुनासो छ तिमी सँग ।तर तिमीले जनताको गुनासो सुन्ने साहस कहिल्यै गरेना‌ै।किन ?

म नवराज विक ,क्षितिज बाट न्यायकाे अनुनयपत्र लेख्दै छु ,
सरकार ।तिमीले बनाएकाे फितलो नियम कानुनले अाज म सँगै मेरा अरू पाँच जना हितैषी साथीहरूले अाफ्नाे ज्यान भन्न पाएनौं ।र बाँचेका मेरा धेरै परम मित्रहरूले पनि अनाहकमा कुटपिटकाे सास्ती खेप्नुपरेको छ यतिबेला । र उनीहरूले प्रत्यक्ष भाेगेका कुराहरू झूट र बकवास बनाईरहेका छन् ।
सरकार ,जेठ १० गते शनिबार ,साच्चै मान्छेशनिग्रहकाे मृत्युु निशानामा नराम्ररी पर्याेँ,त्यतिबेला काेराेनाकाे कहर सँगै मृत्युको कहरमा उम्कनेै नसकिने गरि फस्याैँ।कति घमण्ड ती मान्छेहरूमा।
सँसारमा मान्छे दुई जातका नै हुन्छन् ,लाेग्नेमान्छे र स्वास्नीमान्छे ।
तर सरकार,तिमीबाटै उत्पीडित ,उपेक्षित ,अपहेलित वर्गीय ,क्षेत्रीय ,लिङ्गीय र जातीय हिसाबले असमानता भएका जनसमुदायलाई समानताको राजनीतिबाट अगाडि बढ्नुपर्छ ,र सधैं न्याय ,समानता र सम्वृद्दीकाे लागि अगाडि बढ्नुपर्छ,भनेर कागजका पानाहरूमा लेख्याै,अनि फाेस्रा भाषणहरूमा प्रचारबाजि गर्याे।तर यथार्थमा त्यो कार्यान्वयन भएको छ कि छैन? समाज सम्म पुगेर बुझ्ने प्रयास नै गरेनाै।र त बार बार समाजका केही घटियाहरूले अाफ्नाे मनाेमानी गरिरहे। घटनाहरू अनेक बहानामा घटाईरहे,तिमी सधैं मुकदर्शक बनिरह्याै,रमिते बनेर बस् रमिता नै हेरिरह्याै।मेरो मृत्युको अन्तिम पलमा पनि तिमी र तिम्रो नियम कानुन साक्षी बनिरहेका थिए,सरकार ।
जुन जाेगी अाएपनि कानै चिरेकाे यो सुन्दै अाएकाे थेगो साँच्चै रहेछ। तिमीले सिर्जेकाे समाजले नै, म ,लगायतका साथीहरूलाई ५ किलोमिटर सम्म लखेटेर तारे भीर र भेरी नदिकाे बाटाे मात्रै राखेर चारैतिरबाट माकुराले जाल फैलाए झै मान्छे फैलाएर लखेटेरै घरेलु हतियार सँगै बगरका ढुङ्गा ,माटो ,गिट्टी ,बालुवा सबैले हानेरै निर्मम तरिकाले हामीलाई तड्पाएरै मारे।जीवनकाे भीख मागिरह्याैँ,तर दानव,नरभक्षीहरूले सुनेनन्,दया देखनएनन्।हामी सबैलाई मार्ने खाेजेका थिए,तर केही मेरा भाग्यमानी साथीहरू कुटपिटबाट नै बाँचे।उनीहरूलाई उपचार खर्च क्षतिपूर्ति देउ सरकार । अनि हाम्रो हत्याकाण्डमा सहभागी काेही नछुटाेस्,र काेही निर्दाेषले अनावश्यक दु: ख नपाअाेस्।निष्पक्ष अनुसन्धान हुनुपर्छ सरकार ।देखिरहेकाे छु,त्यहाँ राजनीतिक सँरक्षण हावी भईरहेकाे छ।प्रहरीले पनि सशक्त ढंगले स्पष्ट रूपमा किटानी जाहेरी लिएको छैन।चाैतर्फी दबाब बढेको छ।वडाध्यक्षकाे पनि सँग्लगनता छ भन्ने शँका मलाई रहेको छ,नत्र किन हामीलाई पानी खुवाउन भुलाईयाे?
म चाहन्छु दाेषी काेही नछुटाेस् र निर्दाेष काेही नपराेस्।
मेरा निर्दाेष साथीहरूले ज्यान गुमाएका छन्,उनका परिवारमा पीडा थपिएका छन् ।मेरा बाबा अामा परिवार र साथीहरूलाई विछाेडकाे पीडा थपिएको छ।
एउटा सत्य र तथ्य कुरा ,-
मैले मायामा जात हेरिन,वर्ग ,हैसियत हेरिन,किनकि मायामा यी सबै बकवास थियो ।चाेखाे,निश्छल,निर्मल,सफा,सदावहार अनन्त सम्म बगिरहने मनकाे स्पष्ट मायाप्रेम गरेको थिएँ।उनी सँगै दु:ख सुखकाे रमाइलो सुन्दर घर सँसार बसाउने सपना र चाहनाले,उनीले लिन बाेलाएकै कारण उमङ्गमा फुर्किएर काफल खाने बहानामा साथीहरूको साथ उनकाे घर गाउँमा जानु मेरो गल्ती भयो ।मेरालागि साथीहरूले दिएको याेगदानका सधैं ऋणी त हुन पुगेँ,तर अात्माले चयन पाएकाे छैन,उनीहरूले न्याय पाउन्।समाजले तल्लाे,अछुत भनिएकाे जातकाे म केटाेले,उपल्लो / माथिल्लो जात भनिएकी ठकुरीकाे छाेरी उनीलाई माया गर्नु र अाफ्नाे बनाउन खाेज्नु नै ,त्यो समाजकाे दाेषी बन्न पुगेँ। कल्पनै नगरिएको विश्वासघात म सँगसँगै साथीहरूमा बज्रियाे।माया नै त गरेको थिएँ मैले के बिगारेको थिएँ र? बदलामा ” डुम”भन्दै धाेकास्वरूप “मृत्युु”उपहारमा पाएँ।
हाे म दलित भएकै कारण मैले घृणा स्वरूप मायामा मृत्यु पाएँ।र मेरालागि साथ दिएकै कारणले अन्य थरका साथीहरूले ” साँढे काे जुधाईमा बाच्छाकाे मिचाई ” झैं कुटपिटमा परे,।म सँगै मरे,जाे बाँचे कुटपिटले पीडित छन्,विचरा निर्दाेष थिए ती सबै ।
जे जसरी घटना भयो ।हामी जसरी शिकार भयाैँ।यो जघन्य अपराधलाई मात्रै जातीयकरण गरी ,अनुसन्धानलाई फितलो बनाउने नाटकीय चलखेल नगराेस्।
कडा भन्दा कडा कारवाही/ सजाय दियाेस्- यदि दिन सकेनाै भने दुर्भाग्य हुनेछ सरकार ।
सरकार।तिमी अाफ‌ैमा नैतिक शिक्षा/ स्वविवेक/स्व- निर्णयमा गरीब छाै,कहिल्यै धनी हुने प्रयासनै गरेनौं । अब धनले हाेईन ,न‌ैतिकले धनी भएर जनताकाे मनमा बस्ने काम गर सरकार ।
समाजमा अझै पनि अनेक बहानामा घटनाहरू बढेकै छन्,अपराध भएकै छन् ,अपराधीहरू सलबलाई रहेका छन्।यस्ता पाशविक घटनाहरू फेरि नदाेहाेरिएला भन्ने छैन।अविश्वसनीय घटनाहरूले अब झुक्किएर पनि मानव क्षति नहाेस्।यो नहुनकाे लागि तिमीले समाजका मनाेविज्ञानमा परिवर्तन ल्याउन जरुरी छ सरकार ।
अनि अर्को कुरा-
तिमीले भुलीसक्याै हाेला त्यो ” साउन १० गते,- जुनदिन निर्मला पन्तकाे क्रृर ढंगले सामुहिक हत्या भएको थियो ।
त्यही १० गते फेरि दाेहाेरियाे,जेठ १० गते शनिबार भएर,याे पटक म अनि मेरा प्रियजन साथीहरू ,सामुहिक हत्याको निशाना बन्या‌ैँ।
यो दाेहाेरिने थिएन यदि तिमीले समयमै अपराधीलाई कडा सजायँ दिएकाे भए ।
अमानवीय ,जङ्गली,क्रृर ढंगले जसरी हाम्रो हत्या भयाे,अनि सामेल ती हत्याराहरू सलबलाईरहँदा मेरो मृतात्मा पनि मर्माहत भएको छ सरकार ।
मायाकाेनाममा,अार्थिक सम्पन्नताकाे नाममा,पुरूष-महिला ,जातीयताकाे नाममा,राजनीतिक,धर्मका अादि अनेक नाममा अापराधिक घटनाहरू नघटाेस्,यसको पहल छिटो गरियाेस सरकार ।
निर्मला,म र मेरा साथीहरू झैँ अनाहकमा फेरि अरू नेपालीले ज्यान गुमाउन नपराेस्,।सधैंका लागि अापराधिक क्रियाकलाप काे अन्त्य गर्न कडा निति लागू गरियोस् ।
तिम्रो कार्यकालमा केही जनताप्रिय काम गर सरकार ।
र अन्तमा,
निष्पक्ष रूपमा अनुसन्धान गरि अपराधीलाई कडा कारबाही गर,भाेली फेरि कसैले याे अपराधको विषयमा साेच्न/ गर्न नसकाेस।- जय नेपाल ।

क्षितिज बाट
नवराज विक।