गजल- कुन्नि के के लुकाए नेता अाफु बाच्न यहाँ प्रशान्त डंगोल

0
188

नेपाल अामाले एकता मागिरहेकाे बेला
जनताले अाफ्नाे लाज ढाकिरहेकाे बेला

कुन्नि के के लुकाए नेता अाफु बाच्न यहाँ
देशब्यापी अाज जनता जागिरहेकाे बेला

पुरै दसी खाेजतलास गरे है जनताले
अाज सबै नेता पर्देश भासिरहेकाे बेला

लाैहै !जुरुक्क उठेछ नेताका दलालहरु
नेता प्रजा सम्बन्ध अझै टाढिरहेकाे बेला

बिदेशी झन्डा कुन्नि हल्लाउँदै अाए नेताले
जनताकाे एकता पुरै झांगिरहेकाे बेला

ताेप,खुकुरी बाेकाएर लगेछ डाडा पारी
रुंदै अामाले सन्तान डाकिरहेकाे बेला

सुइकुच्चा ठाेकेछ नेताले अाज बिहानै
कुना काप्चा चहारेर खाेजिरहेकाे बेला

प्रशान्त डंगोल
टोखा
काठमाडौं