चितवनमा अज्ञात व्यक्तिले सडकमा पैसा फालेर भागेपछि स्थानीय त्रसित

0
818

चितवन, २२ वैशाख । रत्ननगर टाँडीस्थित हाईस्कुल रोडमा अज्ञात व्यक्तिले सडकमा पैसा फालेर भागेपछि स्थानीय त्रसित भएका छन् ।

नगरपालिकाको वडा नम्बर २ टाँडी चोक नजिक हाइस्कुल रोडमा बेवारिसे पैसा भेटिएको हो । एक अज्ञात व्यक्तिले सो रकम सडकमा फालेर भागेको स्थानीयले बताएका छन् ।

पैसा फालेको व्यक्ति मोटरसाइकलमा भागेको स्थानीयले बताए । सडकमा पाँच सय, पचास, बीस र दश रुपैयाँका नोट फालिएको छ । प्रहरीले पाँच सयको एउटा, पचासको ३ वटा, बीसको एउटा र दश रुपैँयाको एउटा नोट बरामद गरेको छ ।