उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

0
210

काठमाडौँ, ९ वैशाख । उदयपुरमा थप ८ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । उनीहरु उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थिए ।

कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको पीसीआर परीक्षणमा ८ जनामा कोभिड १९ पुष्टि भएको हो ।

त्यहाँको परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि थप परीक्षणका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

गत शुक्रबार भुल्केको मस्जिदमा रहेका १६ मध्ये १३ जनामा संक्रमण देखिएको थियो । त्यो संक्रमण देखिएसँगै त्यहाँका ६९ जनाको परीक्षण गर्न विराटनगर पठाइएको थियो । तीनैमध्ये ८ जनामा संक्रमण देखिएको हो ।