राक्सिराङ गाँउपालिका काङ्ग्रेसको वडा संगठन बिस्तार सम्पन्न

0
427

१६ फाल्गुन २०७६

मकवानपुर: राक्सिराङमा गाँउपालिकाको ९ वटै वडाहरुमा नेपाली काँग्रेसको सगंठन विस्तार बिहीबार सम्पन्न भएको छ । माघ २५ गतेबाट सुरु भएको अभियान संगठन बिस्तार तथा वडा भेलाहरु फाल्गुन १५ गतेसम्म थियो । अभियान अन्तर्गत वडा नम्बर 1 को वडा भेला बाट सिंगाराम ब्लोन को सभापतिमा १५ कार्यसमिति गठन गरिएको थियो। सोही कार्यक्रममा नेकपा पार्टी परित्याग गरि २६ जना नेपाली काङ्ग्रेस मा प्रबेश भएका थिए। वडा नम्बर ५ को भेला बाट हरि बहादुर चेपाङ को सभापतिमा ११ कार्यसमिति गठन गरियो।

 

नेपाली काङ्ग्रेस राक्सिराङ गाउँपालिका वडा नम्बर ६ को भेला बाट दिपेश थिङको सभापतिमा ११ कार्यसमिति गठन गरेको छ। ७ नम्बर वडा भेला बाट राम बहादुर चेपाङ को सभापतिमा २५ कार्यसमिति चयन गरिएको छ।

नेपाली काङ्ग्रेस राक्सिराङ गाउँपालिका ८ नम्बरमा नोकमान पाख्रीनको सभापतिमा ११ सदस्यीय वडा कार्यसमिति र बाबू मुक्तान को अध्यक्षतामा १५ आदिबासि जनजाति बिभाग गठन गरिएको छ।

त्यस्तै ५ को वडा भेलाले १५ सदस्यीय कार्य समिति चयन गरेको छ । वडा नम्बर ९ मा सुमन नगरकोटीको सभाध्यक्षमा २७ जना कार्य समिती चयन भएको छ । बिहीबार भएको वडा नम्बर २ को सभा भेलामा सुब बहादुर घलानको सभापतिमा २१ कार्यसमिति चयन गरि ४५ जनाले नेकपा पार्टी परित्याग गरेर ४५ जना कांग्रेसमा प्रवेश गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथी बागमती प्रदेशका सांसद सन्त प्रजाले नेकपाको सरकारले जनतालाई दुःख मात्रै दिने र सम्पति जम्मा गर्ने काम मात्र गरेको बताए । त्यसै गरि गाँउपालिकाका अध्यक्ष राजकुमार मल्लले राक्सिराङमा कांग्रेसले जितेको ३ वर्षमा सबै ठाँउमा सडक र खानेपानी विद्युतका काम गरि उदाहरणीय काम गरेको उनको भनाई छ । वडा भेलामा राक्सिराङ गााउपालिकाका सभापति बिरेन्द्र जिम्बाले प्रधानमन्त्रि केपी ओलीको जन्मदिनमा देशकै नक्सा राखी केक काटेकोले देशलाई माया नगरि बेच्न सकने आरोप लगाए । ७० करोड कमिसनको अडियो लिग हुँदा पनि गोकुल बाँसकोटालाई कारबाही नगरेका हुनाले ओली सगं मिलामातो हुन सकिन्छ । नेपाललाई विकासोन्मुख देश बनाउ भन्ने जिम्बाको भनाई छ । वडाहरुको भेलामा राक्सिराङ गाँउपालिकाका उपाध्यक्ष निर्मला हिम्डुङ, जिल्ला सदस्य ईश्वर कुमार रुम्बा, तरुण दलका अध्यक्ष सुरोज गोम्बा लगायतको उपस्थितीमा वडा भेला समापन भयो ।