काँग्रेस मनहरीका युवाहरु पार्टी परित्याग गरि नेकपामा प्रवेश

0
558

१ फाल्गुन मनहरी, मकवानपुर।

नेपाली कांग्रेस मनहरिका सक्रिय युवाहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रबेस गरेका छन् । मनहरी गाउ“पालिका–३, सिद्धकालीका युवाहरु २५ औं जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमका क्रममा नेकपा प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेहरुमा पूर्णबहादुर घलान, अनिल प्रजा, सञ्जय प्रजा, सागर प्रजा, लालबहादुर प्रजा, श्यामबहादुर प्रजा र विवेक थिङ छन् । पूर्णबहादुर स्थानीय प्रजा आधारभुत विद्यालय व्यबस्थापन समिति अध्यक्ष छन् । उनी तत्कालीन माओबादी जनयुद्धमा जनमुक्ति सेनामा समाहित भएका लडाकु हुन् ।
उनीहरुलाई नेकपा केन्द्रीय सदस्य कुमारी मोक्तान, प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लान (प्रदीप), जिल्ला सचिवालय सदस्य राजाराम स्यांतान, मनहरी गाउ“ कमिटी अध्यक्ष रामप्रसाद कालाखेतीलगायतले स्वागत गरेका थिए ।