अपडेट : मोटरसाइकल दुर्घटना-घाइतेको उपचारको क्रममा मृत्यु

0
232

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका नरेश खत्रीको उपचारको क्रममा मृत्यू भएको छ । हिजो दिउँसो झुरझुरेबाट फापरबारी आउँदै गरेको ग १४ प ३७०५ नम्बरको मोटर साइकल दुर्घटना हुँदा घाइते भएका चालकको भने हेटौँडामा उपचार नभएसी उपचारको लागि भरतपुरमा लगिएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रमुख बच्चुराम फुयाँलले जानकारी दिनु भयो । घाइते चालक सुर्खेत जिल्लाको भेरी गंगा नगरपालिकाको वडा नम्बर ४ वस्ने १८ बर्षका समिर गुरुङ भन्ने शेर बहादुर गुरुङ हुन् । चालकले मापसे गरेर मोटरसाइकल चलाएको कारण दुर्घटना भएको प्रहरीको भनाई रहेको छ ।