दिर्घरोगका कारण ओली बर्बराउन थाले : चित्रबहादुर केसी (अडियोसहित)

0
221

२२ माघ,चितवन
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दिर्घ रोगका कारण प्रधानमन्त्री केपि ओली बर्बराउन थालेको टिप्पणी गर्नुभएको छ । कालिका एफएमको दैनिक कार्यक्रम समय सन्दर्भमा बुधवार बिहान कुराकानी गर्दै केसीले यस्तो टिप्पणी गर्नुभएको हो । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका केसीले भन्नुभयो– ‘यो वाहियात कुरा हो, किड्नी नफेरेको कारणले देशमा भ्रष्टाचार, अराजकता र राष्ट्रिय जनसंकट उत्पन्न भएको होईन यो बिरामीले बर्बराएको मात्रै हो ।’ केसीले अघि थप्नुभयो –‘देश बिकासका लागि मिर्गौला फेर्छु अनि बेस्सरी काम र्छु भन्नु नचाहिने कुरा हो ।’

प्रधानमन्त्री ओलीले काम भन्दा धेरै मुख चलाउने गरेको दाबि गर्दै केसीले हिम्मत भए चुपचाप काम गरेर देखाउन चुनौती समेत दिनुभयो । ओलीप्रति ब्यङ्ग्य गर्दै केसीले भन्नुभयो – ‘कुराले मात्रै बोट्कामा दुध भरिँदैन, त्यसका लागि दोहेर नै राख्दिनुपर्छ ।’ आचारण कम्युनिष्टको नभएपनि आम जनताले नेकपा भनेर मान्दिनु ओलीका लागि उपलव्धिको बिषय भएको केसीको भनाई छ । बाँकी तीन बर्ष पनि आँफै प्रधानमन्त्री कायम रहन्छु भनि ओलीले पटकपटक दोहो¥याइरहनु प्रचण्डसंगको डर शिवाय केहि नभएको उहाँको दाबि छ ।

आँफ्नै पार्टिले थप अध्ययनका लागि कार्यदल गठन गरेको अवस्थामा चालु संसद अधिवेशनबाटै एमसिसि पारित हुन्छ भनि जनतालाई नझुक्याउन केसीले आग्रह गर्नुभयो । ओलीलाई एमसिसि नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार जस्तै भएको जिकिर गर्नुभयो । एमसिसि अमेकिाको चिन घेर्ने नियतबाट उत्प्रेरित रहेको केसीको आरोप छ ।
स्रोत: कालिकान्युज
केसीसंग गरिएको कुराकानी यसप्रकार छ :

 

'मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलिको रफ्तार बढ्ला ? 'कार्यक्रम : समय सन्दर्भ अतिथि : चित्रबहादुर केसी, अध्यक्ष , राष्ट्रिय जनमोर्चा प्रस्तोता : राजु सापकोटा प्राविधिक : ममता गुरुङ

Gepostet von Kalika FM am Dienstag, 4. Februar 2020