राप्ती १ पिप्लेमा दुई ट्रक ठोक्किदा १ जनाको मृत्यु

0
770
३० मंसिर चितवन। राप्ती नगरपालिका वडा नं १ महादेवटार भन्ने स्थानमा दुइवटा ट्रक एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। पुर्वबाट पश्चिमी तर्क जादै गरेको ना ४ ख ८७४३ नम्बरको ट्रक र पश्चिम बाट पुर्व जादै गरेको ना ६ ख ७९६७ नम्बरको ट्रक एकआपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक सुसिल पाण्डेले जानकारि दिए । दुर्घटनामा ना ६ ख ७९६७ नम्बरको ट्रक का चालकको मृत्यु भएको र अन्य ३ जना घाइते रहेको बताइएको छ। उनीहरुलाइ उपचारका लागी भरतपुर पठाइएको छ। दुर्घटना पछि सडक अवरुद्ध बनेको र अहिले एकतर्फी सन्चालनमा आएको प्रहरीले जनाएको छ। दुर्घटना सोमबार बिहान ७:२० बजे भएको थियो।