संचारकर्मी एबम गायक प्रकाश तामाङको “सानी नानी” युट्युब मार्फत सार्बजनिक, भिडिओ सहित!

0
716

२२ चैत्र, चितवन ।

संचार जगतमा एक कुशल संचारकर्मीको रुपमा चर्चामा आउन सफल प्रकाश तामाङको स्वरमा “सानी नानी” बोलको नयाँ
डान्सिङ लोकपप गीतको म्युजिक भिडिओ सहयात्री अनलाईन टिभीको युट्युब मार्फत सार्बजनिक गरिएको छ ।

पछिल्लो समयमा संचार क्षेत्रबाट चर्चा बटुलिरहेका तामाङ गीत गाउनमा पनि माहिर छन। गायक तामाङको यस गीतमा अहिलेका युबाहरुमा देखिएको माया प्रितीलाई समेटिएको छ ।

प्रकाश तामाङको आफ्नै शब्द, संगीत, र स्वर रहेको सो गीतको भिजन फिल्म्स स्टुडियोले छायांकन गरेका छन। एलेक्स गोले तामाङले निर्देशन र निरज महतोले भिडिओ सम्पादन गरेको यस गीतमा द कोन्ज्योसोम क्रु का टिम सहित एलेक्स गोले/रुपा घिमिरेको अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडिओ सोचेभन्दा धेरै राम्रो बनेकोले यसबाट दर्शक श्रोताको मन जित्न सकिनेमा बिस्वस्त रहेको गायक तामाङ बताउछन ।

उनले सामाजिक सन्जालमार्फत उनको पहिलो प्रयास ‘तिम्रो मेरो प्रेमालाप’ बोलको गीतलाई असाध्यै माया गरेकाले यस गीतमा पनि यसरी नै साथ सपोर्टको खाचो रहेको बताउदै सबैप्रती आशा ब्यक्त गरे।