निर्देशक मदन खड्का को ”मर्छेउ थाहा छ” सार्बजनिक, भिडियो सहित।

0
1300

३ चैत्र २०७५, काठमाडौ ।

निर्देशक मदन खड्काले निर्देशन गरेको ” मर्छेउ थाहा छ ” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । निर्देशक मदन खड्का अहिलेका ब्यस्त म्युजिक भिडियो निर्देशकहरुमध्येका एक हुन् । गीतमा आफ्नो प्रेमी मर्देछ भन्ने थाहा हुदा हुदै पनि आफुले केहि गर्न नसकेको मर्मस्पर्सी शब्दहरुलाई समाबेस गरिएको छ । आफ्नो प्रेमी मरी सके पछि काखमा छोडेर गएको छोराले आफ्नो आमाको खोजि गर्दा पनि बुवाले आमाको बारेमा बताउन नसकेको बिसय लाई संवाद मार्फत प्रस्तुत गरेको छ । जुन संवाद अति नै मन छुने रहेको छ । गीतमा सब्द संगीत कर्ण सन्ज्यालको , स्वर जय देबकोटाको रहेको छ भने गीतमा जय देबकोटा ,सीता धमला , आदर्श बानिया , बिसाल रमेश बिस्वकर्मा र पुस्पा मदै को अभिनय देख्न सकिन्छ ।
बिरेन्द्र भट्ट द्वारा छायांकन गरिएको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

भिडियो हेर्न का लागी तलको लिंक मा क्लिक गर्नुहोस ।